सूर्योदय लघुवित्तले बोलायो साधारणसभा, वोमीसँगकाे मर्ज प्रमुख एजेन्डा

मिरा मल्ल । स्याङ्जा, २३ मंसिर : सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आयाेजना गरेकाे छ ।

बुधबार बसेको सञ्चालक समितिको१७१ ओै बैठकले वार्षिक साधारणसभा आउँदो पुस १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा स्याङ्जाको पुतलीबजारस्थित सहयात्री पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सूर्योदय र वोमी लघुवित्त एक आपसमा मर्जरमा जाने प्रस्ताव र दुवै लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ। मर्जर पछि सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्था लि नाम रहने र केन्द्रीय कार्यालय काठमाडौमा राख्ने प्रस्ताव गरिएकाे छ । सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। सभाले अध्यक्षकाे प्रतिवेदन, गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछमर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड राख्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस १ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। मर्जर प्रयोजनका लागि हाल यो लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.