सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा कला राना निर्वाचित

मीरा मल्ल । वालिङ, २२ मङ्सिर : क्रियाशिल पत्रकार कला राना सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

मंगलबार वालिङमा सम्पन्न तेस्रो अधिवेसनले रानाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्म चयन गरेको हो । जसको उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा आरती कुँवर, कोषाध्यक्षमा अस्मिता राना रहनुभएको छ भने सदस्यहरुमा फुलमाया रश्मी भट्टराई, ममता ज्ञवली, अनिता गौतम, कामना सुनार, गीता भट्टराई, रहनुभएको छ ।

समूहको सल्लाहकारहरुमा भवानी अधिकारी र शान्ता थापा रहनुभएको छ । मिरा मल्ल वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीलले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समुहलाई सहयोग गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै उपप्रमुख तिवारीले महिला पत्रकारहरुको हकअधिकार र क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने समेत बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार महासंघ महिला पत्रकारहरुलाई संगसंगै अगाडि बढाउन प्रतिवद्ध रहेको बताउदै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

निर्वतमान अध्यक्ष भवानी अधिकारीले नवनिर्वाचित समितिलाई थप क्रियाशिल भएर अगाडि बढ्न आग्रह गर्दै सँधै समूहकै साथमा रहेको बताउनुभयो । महिला पत्रकारहरुको भेलाले निर्वतमान अध्यक्ष अधिकारीलाई गण्डकी प्रदेश तथा केन्द्रिय कार्यसमितिमा पठाउने र स्थानीय पालिकासंग समन्वय गर्दै पत्रकारहरुको क्षमता विकास र दक्षता अभिवृद्धिका लागि प्रस्ताव पशे गर्ने निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष रानाले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.