स्याङ्जामा पुस्तकालय हस्तान्तरण कार्यक्रमको सुरुवात

स्याङ्जा, १६ मंसिर : स्याङ्जा जिल्लामा सन् २०१८ मा साक्षरता कार्यक्रम सुरुवात भएका ३५ विद्यालयहरूमा पुस्तकालय स्थापना भएको ३ बर्ष पुगेको अवशरमा पुस्तकालयलार्इ विद्यालयकै पुर्ण स्वामित्वमा रहने गरी पुस्तकालय हस्तान्तरण भएको छ।  गत विहिवारबाट सुरु भएको हस्तान्तरण कार्यक्रम ३५ विद्यालयहरूका पुस्तकालयहरु मध्य ११ विद्यालयको पुस्तकालयलाइ स्थानिय सरकारको रोहवरमा विद्यालयमै कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, सूर्योदय क्लबको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जा र स्थानिय सरकारसंगको सहकार्यमा स्याङ्जा जिल्लामा सन् २०१८ मा ३५ विद्यालय र सन् २०१९ मा २० विद्यालयमा साक्षरता कार्यक्रम सञ्चलनमा रहेको छ ।
१ देखी ५ कक्षाका बालबालिकामा पढ्ने सीप तथा पढ्ने बानीका लागि उत्प्रेरित गर्दै स्वतन्त्र पाठकका रुपमा जीवनपर्यन्त पठन सीपको विकास गर्ने उद्देश्यका साथ सरकारी विद्यालयहरुमा सक्षारता कार्यक्रम सञ्चालनमा आएको हो ।
विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरु भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.