राष्ट्रव्यापी कविता प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि, हेटौडाका सजित विश्वकर्मा प्रथम

काठमाडौं, २ कात्तिक : पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न राष्ट्रव्यापी कविता प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि हेटौडा, मकवानपुरका विद्यार्थि सजित विश्वकर्मा प्रथम भएका छन ।

त्यस्तै, प्रतियोगितामा मेलुङ दोलखा घर भई हाल ग्याल्यासियर इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत् राजु उवरकोटी द्वितीय र आदर्श मावि, स्याङ्जामा अध्ययनरत विविका रणपाल तृतीय भएका छन् ।

प्रतिष्ठानबाट जातिय विभेदका तथा असमानताका विरुद्ध जनचेतना अभिबृद्धि गर्न र दलित तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई यस विषयमा कविता लेखनमा अभिप्रेरित गर्न प्रतिष्ठानबाट कविता प्रतियोगिता पहिलो पटक आयोजना गरिएको होे । यस्तो प्रतियोगिता प्रतेक वर्ष गरिने कुरा प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष पदम विश्वकर्माले जनाउनु भयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कृतहरुलाई क्रमशः तीसहजार, बीसहजार र दशहजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठनानले जनाएको छ । प्रतियोगितामा २०७८ श्रावण १ गते देखि भाद्र २० गतेसम्म माद्यमिक तह (१२ कक्षासम्म) मा अध्ययनरत् विद्यार्थिहरुबाट प्राप्त कविताहरु छनोटका निम्ति साहित्यकार रणेन्द्र बरालीको संयोजकत्वमा साहित्यकार बाबा बस्नेत र कवि आर.बि निश्चलसहितको छनोट समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिशको आधारमा प्रतिष्ठानबाट यो निर्णय गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीहरुलाई काठमाडौंमा यही कार्तिक ७ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने एक समारोहमा नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता व्यवस्थापन समितिका संयोजक डा. मानबहादुर बीकेले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.