गोर्खाज फाइनान्समा नयाँ सञ्चालक समितिको चयन
काठमाडौं, २० असोज : गोर्खाज फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न साधारणसभाले फाइनान्सका सञ्चालकहरुमा प्रमोटरहरुको तर्फबाट प्रेमबहादुर खपुङ, डेकिन्द्र कुमार राई, कर्णबहादुर राई निर्वाचित भएका छन् ।
यस्तै, पब्लिक सेयर धनीहरुको तर्फबाट नरेन्द्रकुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी सञ्चालकमा निर्वाचित भएका हुन् । प्रद्युम्न कुमार भट्टराई स्वतन्त्र संचालक निरन्तरता रहेको छ ।
देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । फाइनान्सले निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ ।
गोर्खाज फाईनान्सको मुख्य कार्यालय सहित २७ वटा शाखा कार्यालयहरू हेटौडा, रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो, बेलटार, हेटौडा र भक्तपुर गरी देशको सातैवटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ ।