ओमानमाथि नेपालको ७ विकेटको जित
काठमाडौं, ३ असोज : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
घरेलु मैदान अल अमिरातमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको हो ।
नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए । कप्तान ज्ञानेन्द्रले आशिफ शेखसँग ९५ रनको साझेदारी गर्दै नेपालका लागि ४७ बलमा गरेका ज्ञानेन्द्रले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल ६ रनमा पेभेलियन फर्किँदा आशिफले ४४ बलमा ७ चौकासहित ४० रन जोडे । त्यस्तै, रोहित पौडेल ६ रन बनाएर आउट हुँदा शरद भेसावकर १ रनमा अविजित रहे ।
ओमानका लागि सशक्त बलिङ गरेको नेपालसामु घुँडा टेकेको ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यस्तै ओपनर जतिन्दर सिंहले १३, नसिम खुशी १२, सन्दीप गोउड ८ रनमा पेभेलिएन फर्किए । नेपालका करन केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए। यस्तै शरद भेषावकरले २ विकेट झारे । लिग–२ को सिरिज अन्तर्गत नै २०२० को फेब्रअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो ।
४ खेलको सिरिजमा नेपालले २ मा मात्र जित निकालेको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आजकाे जितसँगै लिग–२ मा नेपाल ८ अंक जोडेर चाैथाे स्थानमा उक्लिएकाे छ ।
ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाइमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।
ह्वाटमोरको सुखद बिदाइ
नेपाली राष्ट्रिय क्रिकेट टिमले जितबाट मुख्य प्रशिक्षक डेव ह्वाटमोरको बिदाइ गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आइतबार ओमानलाई ७ विकेटले पराजित गर्दै नेपालले मुख्य प्रशिक्षक ह्वाटमोरको सुखद बिदाइ गरेको हो ।
ओमानविरुद्धको खेल ह्वाटमोरको नेपालको लागि अन्तिम खेल हो । उनले ओमान पुगेपछि नेपाली टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
६७ वर्षीय ह्वाटमोरलाई नेपाल क्रिकेट संघ (क्यान )ले खुल्ला प्रतिस्पर्धाबाट मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
गत डिसेम्बरमा उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।
यस अघि ह्वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको थियो ।
यस्तै ओमानमै पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज जितेको थियो ।