उपत्यकामा ६६७ सहित थप १७५६ जनामा कोरोना संक्रमण, २२७४ संक्रमणमुक्त
काठमाडौं, १८ भदौ : पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ ।
९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १८८ पुगेको छ ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् ।
आज देशभर ३० हजार ६६२ जना होम आइसोलेसनमा, २ हजार ३४४ जना संस्थागत आइसोलेसनमा, ५४० जना आईसीयू तथा १५६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार २७४ जना निको भएका छन् ।
योसँगै नेपालमा ७ लाख २३ हजार ४५६ जना निको भएका छन् । निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट १० हजार ८०९ जनाको मृत्यु भएको छ ।