उपत्यकामा ७१९ सहित थप २०५२ जनामा कोरोना संक्रमण, ३०३० संक्रमणमुक्त
काठमाडौं, १६ भदौ : पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६१२ पीसीआर परीक्षणमा १६४८ र ४३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २०५२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३०३० रहेको छ । योसँगै नेपालमा ७ लाख १९ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६४ हजार २९५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ जना रहेका छन् । जसमध्ये ३१ हजार ८१२जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६३ जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।