स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किए

काठमाडौं, १२ भदौ : स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ ।

युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ ।  रोनाल्डोको युनाइटेड अनुबन्धलाई अप्रत्याशित मानिएको छ । रोनाल्डो युनाइटेडको सहरी प्रतिद्वन्दी म्यानचेस्टेर सिटीसँग अनुबन्ध हुने चर्चा थियो ।

३६ वर्षीय रोनाल्डोका लागि युनाइटेडले १२.८ मिलियन पाउण्ड तिर्ने भएको छ । सम्झौताका लागि व्यक्तिगत शर्तहरू, प्रवेशाज्ञा तथा मेडिकलका कामहरू भइरहेको पनि क्लबले जनाएको छ ।

सन् २००९ मा रियल मड्रिड जानुपूर्व रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि २९२ गोलमा ११८ गोल गरेका थिए । सन् २०१८ मा रियल मड्रिडबाट उनी इटालियन क्लब युभेन्टस गएका थिए । युभेन्टस सँगको सम्झौता एक वर्षा बाँकी रहँदै उनी क्लब छोड्ने निर्णयमा पुगेका हुन्‌ ।

म्यानचेस्टर युनाइटेडले एक वक्तव्य जारी गर्दै रोनाल्डोलाई स्वागत गर्न क्लब निकै आतुर रहेको उल्लेख गरेको छ । म्यानचेस्टर सिटी र रोनाल्डोबीच अनुबन्ध सम्बन्धमा व्यक्तिगत शर्तहरू सहमति भइसकेको भन्दै उनी सो क्लबमा अनुबन्धित हुने दाबीलाई युनाइटेडले पछि पार्न सफल भयो ।

यसअघि ६ वर्ष युनाइटेडमा बिताउँदा तीनपटक तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुईपटक लिग कप र एकपटक एफए कपको उपाधि जितेका थिए । त्यस्तै, फिफा क्लब वर्ल्ड कप तथा कम्युनिटी शील्ड पनि जितेका थिए ।

अब दोस्रो इनिङमा युनाइटेडलाई सोही सफलता दिलाउनु रोनाल्डोको मुख्य चुनौती हो । २०१२/१३ को सिजन सर एलेक्स फर्गुसनले उपाधि दिलाएयता युनाइटेड प्रिमियर लिगविहीन छ । त्यसैले पनि रोनाल्डोका लागि युनाइटेडको उपाधि भोक मेटाउने चुनौती सर्वाधिक अघि रहेको छ ।

रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए । युनाइटेडका लागि २९२ खेल खेलेका उनले ११८ गोल गरेका थिए ।

२३ वर्षको उमेरमा पहिलो पटक २००८ मा बा’लोन डिओर अवार्ड जितेका उनी त्यसबेलाको कीर्तिमानी मूल्य ८० मिलियन युरोमा स्पानिस क्लब रियल मड्रिड गएका थिए ।

मड्रिडमा रहँदा उनले १५ उपाधि जिते, जसमा दुई ला लिगा, दुई कोपा डेल रे, चार च्याम्पियन्स लिग छन् । उनी क्लबका सवार्धिक गोलकर्ता बने ।

उनले २०१३, २0१४, १०१६ र १०१७ मा बालोन डिओर अवार्ड जिते । ३० वर्षको उमेरमा इटालिनय क्लब युटेन्टस पुगे । युटेन्टसबाट सिरी एको दुई उपाधि जितेका उनको च्याम्पियन्स लिग यात्रा भने सन्तोषजनक रहेन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.