उपत्यकामा ७१५ सहित थप २०६५ जनामा कोरोना संक्रमण, २३३७ संक्रमणमुक्त

काठमाडौं, ११ भदौ : पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८७५२ जनाको पीसीआर परीक्षण गर्दा १५७७ र ४३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २३३७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै  नेपालमा ७ लाख ८ हजार २३० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यसैगरी हालसम्म निको हुनेको दर ९३. ६ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.