च्याम्पियन्स लिग फुटबल : साविक विजेता चेल्सी र युभेन्ट्स एकै समूहमा
काठमाडौं, ११ भदौ : युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको समूह विभाजन सार्वजनिक गरेको छ ।
यूईएफएले बिहीबार राति नयाँ सिजनको लागि समूह चरणको समूह विभाजन सार्वजनिक गरेको हो ।
साविक विजेता चेल्सी समूह ‘एच’ मा परेको छ । यस समूहमा इटालियन क्लब युभेन्ट्ससहित जेनिट र माल्मो रहेका छन् ।
बार्सिलोना र वार्यन समूह ‘ई’मा परेका छन् ।
यता प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन एकै समूहमा परेका छन् ।
कुन समूहमा कुन टिम ?
समूह ‘ए’ – म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, आरबी लाइपजिग, क्लब ब्रुग
समूह ‘बी’ – एटलेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह ‘सी’ – स्पोर्टिङ सिपी, बोरुसिया डर्टमण्ड, आयाक्स, बेसिकाट्स
समूह ‘डी’– इन्टर मिलान, रियल मड्रिड, शाख्तर डोनेट्क्स, शेरिफ
समूह ‘इ’ – बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डाइनामो किभ
समूह ‘एफ’ – भिल्ला रियल, म्यानचेस्टर युनाईटेड, एटलान्टा, योङ बोइज
समूह ‘जी’ – लियोन, सेभिया, साल्जवर्ग, उल्फवर्ग
समूह ‘एच’ – चेल्सी, युभेन्ट्स, जेनिट, माम्लो