मुद्रण व्यवसायी संघको ज्योतिलाइफसँग विमा सम्झौता
काठमाडौं, ९ भदौ : मुद्रण व्यवसायीहरुको संगठन मुद्रण व्यवसायी संघ बागमती प्रदेशले कर्मचारीको हितका लागि ज्योतिलाइफसँग विमा सम्झौता गरेको छ ।
प्रेसमा काम गर्ने कर्मचारीहरुको विगतमा हुँदै आइरहेको दुर्घटनालगायत घातक रोगका कारण कर्मचारीहरुले व्यहोरोको आर्थिक अभावका कारण मृत्युवरण समेत हुने अवस्थालाई मध्यनजर गर्दै मुद्रण संघ बागमती प्रदेशले ज्योतिलाइफ इन्सुरेन्ससँग विमा सम्झौता गरेको छ ।
यो सम्झौतासँगै बागमती प्रदेशका मुद्रण व्यवसायीहरुले आफ्नो मेशिनरी र कर्मचारीको बिमा गराएर फाइदा लिन सम्पूर्ण मुद्रण व्यवसायीलाई मुद्रण संघ बागमती प्रदेशका अध्यक्ष भक्तबहादुर श्रेष्ठले आह्वान गरेका छन् ।