उपत्यकामा ६८९ सहित थप २५२५ जनामा कोरोना संक्रमण, २०८६ जना संक्रमणमुक्त
काठमाडौं, ८ भदौ : पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
तीमध्ये काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८८३, भक्तपुरमा एक हजार ४१६ तथा ललितपुरमा दुई हजार २५९ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा २०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।