उपत्यकामा ६६७ सहित थप २०७५ जनामा कोरोना संक्रमण, २३८२ संक्रमणमुक्त
काठमाडौं, ५ भदौ : पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएका छन् ।
हाल काठमाडौं उपत्यकामा ११ हजार ४३६ सक्रिय संक्रमित छन् ।
काठमाडौंमा ७६६३, भक्तपुरमा १४८१ र ललितपुरमा २२९२ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।