बागमती प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं, ४ भदौ : बागमती प्रदेशका नवनियुक्त प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले सपथ लिएका हुन् ।

शुक्रबार साँझ राष्ट्रपति भवन शितलनिवासमा नेपालको संविधानको धारा १६७ अनुसार उनले सपथ लिएका हुन् ।

उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.