उपत्यकामा ९९३ सहित थप ३४०३ जनामा कोरोना संक्रमण, २१०४ संक्रमणमुक्त
काठमाडौं, २ भदौं : पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् ।
जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २१०४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १० हजार २५४ पुगेको छ।