उपत्यकामा ९६१ सहित थप ३४५१ जनामा कोरोना संक्रमण, २४५८ जना संक्रमणमुक्त
काठमाडौं, ३२ साउन : पछिल्लो २४ घण्टामा ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।
१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन् । यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ५४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका २४ जना ५८ जना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ८५ हजार १४० जना संक्रमित निको भइसकेका छन् । हालसम्म नेपालका कुल संक्रमितमध्ये ९३ दशमलव २४ प्रतिशतले कोरोना जितेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३५ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ३२७ जनाको मृत्यु भइसकेको छ । हाल नेपालमा कुल संक्रमितमध्ये एक दशमलव चार प्रतिशतले ज्यान गुमाइसकेका छन् ।