तालिबानले भन्यो– अफगानिस्तानमा ‘युद्ध समाप्त’

काठमाडौं, ३२, साउन : अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले युद्ध समाप्त भएको घोषणा गरेको छ ।

समाचार एजेन्सी अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानी प्रवक्ता मोहम्मद नईमले राष्ट्रपति असरफ घानीले मुलुक छोडेसँगै सत्ता शान्तिपूर्ण रुपमा तालिबानीको नियन्त्रणमा आएको र युद्ध समाप्त भएको बताएका हुन् ।

साथै उनले अब अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न तालिबान तयार रहेको बताएका छन् । मोहम्मद नईमले अफगानिस्तानमा अब कस्तो सत्ता चलाउने, कस्तो शासन व्यवस्था हुने भन्नेबारे केही समयमै स्पष्ट रुपमा सार्वजनिक गरिने पनि बताएका छन् ।

उनले तालिबानले शरिया कानूनको माध्यमबाट महिला र अल्पसंख्यकको अधिकार र अभिव्यक्ति स्वतन्त्रताका सम्मान गरिने बताएका छन् । उनले तालिबानले कसैको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने नीतिमा रहेको भन्दै अफगानिस्तानका मामिलामा कसैले हस्तक्षेप नगर्न आग्रह गरे ।

उनले विदेशी सेनाले फेरि अफगानिस्तानमा आफ्नो असफल अनुभव दोहोर्‍याउला भन्ने आफूहरुले नसोचेको समेत बताएका छन् । तालिबान विद्रोही काबुल प्रवेश गरेपछि हिजो राष्ट्रपति असरफ गानीले देश छोडेका थिए । तालिबानले मुलुकका अधिकांश प्रान्त नियन्त्रणमा लिएपछि हिजो राजधानी काबुल प्रवेश गरेको थियो । काबुलमा तालिबानले कुनै पनि सशस्त्र युद्ध नगरी सत्ता नियन्त्रणमा लिएको छ ।

देश छोडेर भागेपछि अफगानि राष्ट्रपतिको स्पष्टोक्ति– रक्तपात रोक्न देश छोडें

तालिबानले राजधानी काबुल कब्जामा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडेर भागे ।

त्यसपछि उनले फेसबुकमार्फत आफूले देश छोड्नुको कारण बताए,“रक्तपात रोक्न देश छोडें ।”आफूले देश नछोडेको भए लाखौं जनताको जीवन खतरामा पर्ने उनले जनाएका छन् । कठिन अवस्थामा सही निर्णय लिएको दाबी उनले गरेका छन् । तालिबानले बन्दुक र तरबारको त्रास देखाएर जीत हात पारेको बताउँदै गनीले भनेका छन्,“उनीहरुले अफगानी जनताको मन जित्न सक्ने छैनन् ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.