लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

बुटवल, २८ साउन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ सपथ गराएका हुन् ।

प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जना मन्त्री नियुक्त गरेका हुन् ।

केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुले पनि आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ को २  अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थि ए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.