उपत्यकामा ९६४ सहित थप ३४८१ जनामा कोरोना संक्रमण, १८८५ जना संक्रमणमुक्त
काठमाडौं, २७ साउन : पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २६१६ र ५७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पनि ९ सय ६४ जना संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा मात्रै ६६३ जना, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा एक हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा अहिलेसम्म ६ लाख ७५ हजार ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म १० हजार १८० जनाको मृत्यु भएको छ ।