एकैदिन थपिए ४ हजार ९०४ कोरोना संक्रमित, २११५ जना संक्रमणमुक्त

काठमाडौं, २६ साउन : पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर हालसम्म कुल ७ लाख ९१ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको छ ।

कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १८६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ९१० तथा देशभर ३७ हजार ३३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामादेशभर २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले संक्रमितमध्ये नेपालमा ९३.४ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ । आज देशभर ३३ हजार ९८५ जना होम आइसोलेसनमा, ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा, ७६१ जना आईसीयूमा तथा १७६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.