कोरोना महामारीबीच एक वर्षमा ६८ हजारभन्दा बढी विदेशीले नेपाल भ्रमण गरे
काठमाडौं, २५ साउन : कोरोना महामारीबीच नेपालमा पछिल्लो एक वर्षमा १७१ देशबाट ६८ हजार १८१ जना विदेशी नेपाली नेपाल आएका छन् ।
अध्यागमन विभागका अनुसार उनीहरु गत आर्थिक वर्ष २०७७/७८मा नेपाल आएका हुन् । सोही अवधिमा नेपालबाट ७० हजार ३०८जना विदेशी फर्केका छन् ।
सो अवधिमा भारतबाट ३२ हजार ६९२, अमेरिकाबाट ८ हजार ८७०, चीनबाट ५ हजार ५६९, बेलायतबाट ३ हजार ६०, रुसबाट एकहजार २७६ र टर्कीबाट एकहजार १०९ जना विदेशी नेपाल आएका छन् ।
