आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

काठमाडौं, २५ साउन : कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई आजदेखि खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो ।

काठमाडौँ स्वास्थ्य कार्यालयले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइनेछ । काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ ।

जापानबाट ल्याइएको खोप आजदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा दोस्रो डोज अस्ट्राजेनेका खोप दिइन लागेको स्वास्थ्य सेवा विभागअन्तरगतकाे खोप शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.