के हो केभ सिन्ड्रोम ? यसबाट कसरी बच्ने ?
डा. रविन्द्र पाण्डे । काठमाडौं, २१ साउन : कोरोना महामारीको त्रास, होम आइसोलेसन तथा लकडाउनको कारण विश्वभर नै करोडौं मान्छेलाई घरभित्र बस्ने तथा घरबाहिर जान डराउने अवस्था उत्पन्न भएको थियो/छ ।
त्यति मात्र हैन, कोरोनाको खोप लगाइसकेका मान्छेहरु पनि घरबाहिर जान, काममा फर्किन, बजार तथा भेटघाटमा जान डराएर घरभित्रै बसेका छन् । यसलाई केभ सिन्ड्रोम नामाकरण गरिएको छ ।
कोरोना भाइरसका नयाँ नयाँ प्रजाति आइरहेको हुँदा आफुले लगाएको खोपको विश्वास नलाग्ने, खोप लगाएका कति व्यक्ति संक्रमित भए ? कति व्यक्ति अस्पताल भर्ना भए, कति व्यक्तिहरुको मृत्यु भयो जस्ता कुरा इन्टरनेटमा सर्च गर्ने, आफन्त तथा साथीसंग फोनमा कुरा गर्दा बाहिर निस्किन खतरा भएको कुरामात्र गर्ने तथा घर नछोड्ने जस्ता बानीको बिकास भएको छ । यसले गर्दा उनीहरु आर्थिक रुपमा असुरक्षा महशुष गर्ने तथा चिन्ता, डर, तनाब, अनिद्रा, मुड स्विंग आदिको सिकार भइरहेका छन् ।
महामारी बढिरहेका ठाउँमा तथा पुरा मात्रा खोप नलगाएका व्यक्ति भने आफ्नो अवस्था अनुसार सिर्जनशील काम गरेर घरमा बस्न सकिन्छ । यो प्राकृतिक अवस्था नै हो ।