गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात दोब्बर
काठमाडौं, १८ साउन : गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६र७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो ।
यो समाचारआर्थिक अभियान दैनिकमा छ ।