जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं, १६ साउन : जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्  ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।

पार्टीको संघीय परिषद्का अध्यक्षसमेत रहेका डा.  बाबुराम भट्टराईले यादवलाई दलको नेतामा प्रस्ताव गरेका थिए भने नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए । बैठकमा २१ सांसदको उपस्थिति रहेको जनाइएको छ ।

यादव पक्षले पार्टीको आधिकारीका पाएपछि यादव दलका नेता बनेका हुन । यस अघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.