फलको राजा ‘आँप’ बाट पाईने १४ फाइदा
काठमाडौं, २फलफूलको राजा भनेर आँपलाई चिनिन्छ । गर्मीयाममा मनपराउने फलफुल मध्ये आँप पनि एक हाे । आँप स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस रहेकाे छ ।
एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा भिटामिन ए पाइन्छ। यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ ।
यसका फाइदा यी हुन्:
क्यान्सरबाट बचाउछ : आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
दृष्टिशक्ति बढाउछ : यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
फाइबर र भिटामिन सिको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ : यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
पाचन प्रक्रिया राम्रो बनाउछ : मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
रोगप्रतिरोधी : आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
एन्टिअक्सिडेन्टयुक्त : आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ। यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
प्रजनन क्षमतामा वृद्धि : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
यौन क्षमता बढाउछ : आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ। होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ।
छालामा चमक : आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।
काला रौंको उपचार : आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ। यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ। यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ। यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ।
एन्टि एजिङ फाइदा : यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ। यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन। यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ। यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ। एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि धोएपछि यसले अनुहारमा चमक ल्याउछ।
कपालका लागि पनि लाभदायी : भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ। यसले कन्डिसनरको पनि काम गर्छ। यसमा हुने भिटामिन `ए´ले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।
अन्यका फाइदाहरू:
- यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ।
- सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ।
- मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ।
- कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ।
- कान दुखेकोमा आँपको पातको रस निकाल्नुस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ।
आँपको बोक्रा : चाउरी कम गर्नेदेखि डण्डीफोर हटाउने
फलफूलको राजा भनेर आँपलाई भन्ने गरिन्छ । कति त आँप खान पाइन्छ भनेर नै गर्मी महिनाको प्रतीक्षा गरिरहेका हुन्छन् । आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ । यसले गर्मीको दिनमा शरीरलाई चिसो राख्ने गर्छ । धेरैले आँपको बोक्रालाई बेकारको ठानेर डस्टबीनमा फ्याँक्ने गर्छन् । तर यसले तपाईंका विभिन्न समस्या टाढा राख्ने गर्छ भन्ने थाहा छ ? आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरिएको हुन्छ । यसले तपाईंको स्वास्थ्य र सौन्दर्यसँग जोडिएका थुप्रै समस्या टाढा राख्ने गर्छ । आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरपुर हुन्छ । यसका फाइदाबारे जानकारी लिऔं ।
एन्टीअक्सिडेन्टले भरपुरः
साधारणतया आँपको बोक्रामा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्टले भरपुर हुन्छ । एन्टीअक्सिडेन्टले फ्री रेडिकल्सबाटबाट हुने हानीलाई काम गर्ने काम गर्छ । फ्रि रेडिकल्सले शरीरका सबै हिस्सालाई प्रभावित गर्छ जसमा छाला, आँखा यहाँसम्म कि मुटुसम्म पनि समावेश छ ।
चाउरीपनबाट राहतः
आँपको बोक्रामा छालालाई सफा गर्ने गुण हुन्छ । यसले समयअगावै देखिने चाउरीपनलाई नष्ट गर्ने गर्छ । यद्यपि, यो एउटा प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सकिँदैन तर यसलाई नियन्त्रण भने गर्न सकिन्छ । फ्रि रेडिकल्स, वायु प्रदुषण, तनावका कारण अनुहारमा चाउरी पर्छ । यसबाहेक यसले कालो दाग कम गर्छ र अनुहारमा निखार ल्याउँछ । आँपको बोक्राले बनेको पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राख्नुहोस् र पानीले धुनुहोस् । आँपको बोक्रालाई पेस्ट बनाउनका लागि यसलाई घाममा केही दिनसम्म सुकाउनुहोस् ।
डण्डीफोरबाट छुटकाराः
आँपको बोक्राको प्रयोग अनुहारमा डण्डीफोर हटाउनका लागि गर्न सकिन्छ । आँपको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका साथै आँपको बोक्रालाई पेस्ट बनाएर लगाउँदा दाग धब्बा पनि टाढै रहन्छन् ।
ट्यानिङ हटाउन मद्दतगारः
आँपको बोक्रालाई अनुहार, हात र खुट्टामा दल्नुहोस् । यसमा भएको भिटामिन सीले ट्यानिङ हटाउने काम गर्छ । बोक्रा दलेपछि दही वा नौनीले मसाज गर्नुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् ।
बगैंचाका लागि सबैभन्दा राम्रो मलः
आँपमा भिटामिन ए, बीसिक्स, सीका साथै फाइबर, कपर, फोलेट पाइन्छ । यद्यपि, मानिसहरु आँपको बोक्रालाई बेकार सम्झेर फ्याँक्ने गर्छन् तर यसमा भिटामिन सी, ई, पोलिफेनोल, क्यारोटिनोयड हुन्छ । यो गर्मीमा आफ्नो बोटबिरुवाका लागि आँपको बोक्रालाई जैविक मलको रुपमा प्रयोग गर्नुहोस् । आँप खाएपछि बोक्रालाई स–सानो टुक्रामा काट्नुहोस् र त्यसलाई एउटा एयरटाइट कन्टेनरमा राख्नुहोस् । आँपको बोक्राका लापग एक गिला िपानी हाल्नुहोस् ।
ढक्कनलाई कसेर बाँध्नुहोस् र २४ घण्टाका लागि छोडिदिनुहोस् । भोलिपल्ट कन्टेनर खोल्नुहोस् र बोक्रालाई चलाउनुहोस् । त्यसपछि ढक्कन बन्द गर्नुहोस् र त्यसपछि २४ घण्टासम्म प्रतीक्षा गर्नुहोस् । तेस्रो दिन यो पानीलाई छान्नुहोस् । यसलाई एक गिलास पानी हालेर पातलो बनाउनुहोस् । यो मिश्रण आफ्नो बोटबिरुवालाई दिनुहोस् । राम्रो नतिजा पाउनका लागि हप्तामा एक वा दुईपटक दोहोराउनुहोस् ।
