उपत्यकामा ४२८ सहित थप १८७५ जनामा कोरोना संक्रमण, २१६४ संक्रमणमुक्त

काठमाडौं, २ साउन : पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ । परिक्षण गरिएकामध्ये १८.६२ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २९९ जना छन् । यस्तै, ललितपुरमा ७७ र भक्तपुरमा ५२ संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या सात हजार ३९९ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ५४० सक्रिय संक्रमित छन् । हाल ललितपुरमा ९५१ र भक्तपुरमा ९०८ सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार १६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.७ प्रतिशत निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २१ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.