उपत्यकामा ५५३ सहित थप २६७६ जनामा कोरोना संक्रमण, १७५७ संक्रमणमुक्त

काठमाडौं, ३१ असार : पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएकामध्ये २०.९५ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाडौं उपत्यकामा थप ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ७१ हजार २४६ पुगेको छ ।
अहिले काठमाडौं उपत्यकामा ७६९३ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा १७५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख २३ हजार ४६८ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन् ।
नेपालमा सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६१४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
