प्रधानमन्त्री ओली हेलम्बु पुगे, मेलम्ची सुरुङको हवाई निरीक्षण गर्ने

सिन्धुपाल्चोक, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी-पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन्।

प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन्। यसपछि उनी मेलम्ची क्षेत्रमा जानेछन्।

प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदैछन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन्। मनसुन सुरू भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.