विदेशीलाई स्थल मार्गबाट प्रवेश निषेध

काठमाडौं, १५ असार : विदेशी नागरिकले स्थल मार्गबाट  नेपाल  प्रवेश  गर्न  नपाउने  भएका  छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।

कोभिड–१९ सङ्क्रमणको  रोकथाम,  नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली  तथा  विदेशी  नागरिकको  आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो । आदेशको  व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले  निर्धारण  गरेका  सर्तहरूको  पालना  गरी हवाई  मार्गबाट  मात्र  प्रवेश  गर्न  पाउनेछन् ।

नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन । विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व   ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको  कोभिड–१९  परीक्षणको रिपोर्ट  नेगेटिभ  भएको  प्रमाण  पेस गर्नुपर्नेछ ।

त्यस्तै, सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन  गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा म्यानमारबाट उद्धार गरी ल्याइएका नेपालीहरु । तस्वीर: रोशन सापकोटा

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.