ए डिभिजन लिग असोज ३ गतेदेखि हुने

काठमाडौं, १४ असार : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ए डिभिजनका १४ वटा क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको हो ।

यस्तै एन्फाले लिगका लागि साउन १५ गतेदेखि खेलाडी दर्ता प्रक्रिया समेत खुला हुने जनाएको छ । एन्फाले प्रतियोगिता सम्पन्न हुने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डरमा लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । तर एन्फाले यस सिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो । असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुंग्याएको सरस्वती यो सिजनमा हुने छैन ।

एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरे पनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।

सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष ए डिभिजन लिग आयोजना हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.