साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं, १४ असार : बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।

Image

समूह चरणमा अपराजित बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा स्थान बनाएको थियो ।समूह चरणमा ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

युरोकपमा आज दुई खेल

युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो ।

पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ । रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.