पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, १३ असार : बहराइनका लागि नेपाली राजदूतमा सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
मिश्रलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो। कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधि हासिल गरेको हुनु नपर्ने भन्ने निर्देशिकालाई अदालतले अश्वीकार गरेको छ । कार्की पूर्व सामान्य प्रशासन मन्त्री हुन् ।
हेर्नुहोस् आदेश


