नेपाल टेलिकमको मोबाइलमा फोन नलाग्ने समस्या समाधान

काठमाडौं, ९ असार : नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।

नेपाल टेलिकमका अनुसार अहिले त्यो समाधान भएको छ । नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिए ।  ‘कल आवागमनमा समस्या थियो, मर्मतपछि समाधान भइसक्यो,’ उनले भने ।

फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु दुई घण्टासम्म हैरान भएका थिए ।

टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले देशैभर एकैपटक यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन ।

भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.