असार ८ गतेबाट जोर–बिजोर प्रणालीबाट ट्याक्सी चल्न दिने निर्णय

काठमाडौं, ६ असार : काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ बाट लागु हुनेगरी ट्याक्सी चल्न दिने निर्णय गरेका हुन् ।

निजी सवारी साधनमा जस्तै ट्याक्सी पनि जोर, बिजोर प्रणाली लागू हुनेछ । जोर दिनमा जोर नम्बर र बिजोर दिनमा बिजोर नम्बरको ट्याक्सी चल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

अन्य, सार्वजनिक सवारी साधन सञ्चालनमा वैशाख १६ देखि रोक लगाइएको थियो । सो निर्णयलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.