कोपा अमेरिका फुटबल : अर्जेन्टिनाले उरुग्वेलाई हरायो

काठमाडौं, ५ असार : अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।

शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोड्रिगेजले निर्णायक गोल गरे ।

खेलको १३ औं मिनेटमा रोड्रिगेजले निर्णायक गोल गरेका हुन् । उनले कप्तान लियोनल मेस्सीको पासलाई सदुपयोग गरे ।

जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले २ खेलमा ४ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

उरुग्वेको यो पहिलो खेल हो । उरुग्वेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

उरुग्वे समूहको चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.