सिन्धुपाल्चोक बाढी : वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

सिन्धुपाल्चोक, ५ असार : हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको छ ।

असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले कटान लागेपछि बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । बाढीले थप मानवीय क्षति भने भएको छैन ।

त्यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ । बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ ।
मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.