कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची बाढीपीडितलाई २० लाख दिने
काठमाडौं, ३ असार : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको दुई पालिकालाई २० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १० लाखको दरले २० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
बिहीबार नगरप्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी राहत सहयोग गर्ने निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए । मंगलबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीको लोर्केमा खसेको पहिरोले नदी थुनिएपछि मेलम्चीमा बाढी आएको थियो ।

