काठमाडौं महानगरले मेलम्ची बाढीपीडितलाई २ करोड दिने

काठमाडौं, ३ असार : सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितहरूलाई काठमाडौं महानगरपालिकाले दुई करोड सहयोग गर्ने भएको छ। बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो  बैठकलाई सम्बोधन गर्दै  काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सहयोगको घोषणा गरेका हुन्।

मंगलबार आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि  सहयोग गर्न लागेको  महानगरपालिकाले जनाएको छ।

 कागेश्वरी मनोहरा नगरपालिकाको २० लाख सहयोग

त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको दुई पालिकालाई २० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १० लाखको दरले २० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बिहीबार नगरप्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी राहत सहयोग गर्ने निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए। मंगलबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीको लोर्केमा खसेको पहिरोले नदी थुनिएपछि मेलम्चीमा बाढी आएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.