मकवानपुरबाट १४३ किलो गाँजासहित तीनजना पक्राउ

हेटौंडा, असार : मकवानपुर प्रहरीले १४३ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले १४३  किलो तीनसय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको कन्टेरनरलाई हेटौंडा –११ थानाभर्याङबाट लागुऔषध गाँजासहित नियन्त्रणमा  लिइएको मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

उनले लागुऔषध  बोकेको  गाडीबाट  सिन्धुपाल्चोक बाह्रबिसे  नगरपालिका–५ का २८ वर्षीय सनकबहादुर तामाङ, २४ वर्षको सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाँउपालिका–१ को १८ वर्षको सविन तामाङलाई पक्राउ गरिएको बताए ।

मकवानपुरमा करिब डेढ महिनादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा  पनि मकवानपुरमा लागुऔषध ओसारपसारको घटना रोकिएको छैन । प्रहरीले बुधबार मात्रै ९६ किलो गाँजासहित पाँचजनालाई पक्राउ गरेको थियो ।​

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.