उपत्यकामा पानी वितरणको तालिका फेरियो, १२ दिनसम्म पानी नआउने (तालिका सहित)

काठमाडौं, ३१ जेठ : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमिट आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सोमबार प्रकाशित गरेको तालिकामा चार दिनदेखि १२ दिन बिराएर धारामा पानी आउने छ ।
तालिका अनुसार महाँकालचौरबाट वितरण गर्ने पानी ७ दिन बिराएर पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी, सिफल, कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी आउने छ ।
सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर, सानेपा, मंगलबजार, कुपन्डोलमा पानी आउने छ । त्यस्तै,बाँसबारीबाट वितरण हुने पानी पाँच दिन बिराएर रानिबारी, लाजिम्पाट, नर्सरीचोक, गैरिधारामा खानेपानी आउने छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी नआउने भएपछि पानी वितरणको कमी आएको खानेपानी लिमिटेडले जनाएको छ। सुरुङ खाली गरेर परीक्षण गर्नुपर्ने भएकोले अब करिब दुई महिना मेलम्ची पानी नआउने बताइएकाे छ ।

