जोकोभिचले जिते फ्रेन्च ओपन

काठमाडौं, ३१ जेठ : सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६-७(६-८), २-६, ६-३,६-२ र ६-४ को सेटमा पराजित गरे ।

यससँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यस अघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए ।

जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।

Image

यस अघि सेमिफाइनलमा जोकोभिचले राफायल नाडाललाई हराएका थिए । स्टेफानोसले जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।

महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोराले जितिन् ।

शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.