नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, ३१ जेठ : फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत गएका नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।

छनोटको बाँकी रहेको तीन खेल खेलेर ३३ सदस्सीय नेपाली टिम आइतबार राति स्वदेश फर्किएका हुन् । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लिएका हुन् ।

छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेका थिए । नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।

छनोटको खेल अघि नेपाली टिमले इराकसँग एक मैत्रीपूर्ण खेल खेलेका थिए । मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.