बारबोराले जितिन् फ्रेञ्च ओपनको उपाधि

काठमाडौं, ३० जेठ : फ्रेञ्च ओपन महिला एकलको उपाधि  चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले जितेकी छिन् ।

पहिलो ग्रान्ड स्लाम जित्न उनले रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६–१, २–६ र ६–४ ले हराइन् ।

क्रेजसिकोभाले पहिलो सेट जितेपछि पाभयेचेन्कोभाले दोस्रो सेट आफ्नो पक्षमा पारिन्। दोस्रो सेट पनि रुसी खेलाडीको पक्षमा एकपक्षीय रह्यो ।

तर तेस्रो सेटमा भने पाभयेचेन्कोभालाई कोर्टमै उपचारको आवश्यकता परेको थियो। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो र त्यसलाई क्रेजसिकोभाले आफ्नो पक्षमा पारिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.