कांग्रेस पदाधिकारीको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं, २९ जेठ : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्न लागेको हो ।
बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ । साथै कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।
कांग्रेसले भदौ ७ देखि १० सम्म १४औँ महाधिवेशन गर्नेगरी मिति तोकेको छ । तर, कोरोना महामारी तथा जारी राजनीतिक उतारचढावका कारण महाधिवेशन समयमै होला भन्नेमा भने आशंका बढ्न थालेको छ ।
