अष्ट्रेलियासँग नेपाल ३–० गोलले पराजित

काठमाडौं, २९ जेठ फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो ।

नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले रातो

कार्ड पाएका थिए ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा फ्रानले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३-० को जित दिलाए ।

यस जितसँगै अष्ट्रेलियाले नेपालविरुद्ध लगातार दोस्रो जित निकालेको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा अष्ट्रेलियाले नेपाललाई ५-० ले हराएको थियो ।

जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ  ।

शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह ‘बी’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो ।

नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

May be an image of 3 people, people standing, people playing sports and grass

नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.