गाँजालाई वैधानिकता दिन केशव स्थापितको माग

काठमाडौं, २८ जेठ : सत्तापक्षका प्रदेश सभा सदस्य केशव स्थापितले शुक्रबार बसेको संसद् बैठकमा गाँजालाई वैद्यानिकता दिन माग गरेका छन्। उनले गाँजालाई वैद्यानिकता दिएर योजनावद्व रुपमा आर्थिक क्रान्तिको लागि यसको प्रयोग गर्नुपर्ने बताए।

उनले गाँजालाई वैज्ञानिक ढंगले प्रयोग गदै विदेशमा बेच्न सके सरकारको कुल बजेटभन्दा पाँच गुणा बढी आम्दानी गर्न सकिने पनि दाबी गरे। गाँजासम्बन्धी विधेयक नै संसदमा दर्ता गराएका स्थापितले मुख्यमन्त्रीलाई आफ्नो कुरामा सहमती जनाउन आग्रह गरे।

स्थापितले व्यङ्ग्यात्मक शैलीमा भने ‘डोरमणिको डोर भनेको संस्कृत भाषामा डोरी हो। डोरीमा धेरै नअल्झेर आफ्नो मणि हराएको थाहा पाउनुस् मुख्यमन्त्री ज्यू।गाँजाबाट हामीले सम्मृद्वि ल्याउन सक्छौं।’

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम नआएको बताए। स्थापितले सरकारले कार्यक्रमको बुँदा धेरै ल्याएको भन्दै थाेरै र प्रभावकारी कार्यक्रम ल्याएर गर्न सुझाव पनि दिए।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा करिव ३ दर्जन सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। संसदमा आफ्नो धारणा राख्ने अधिकांश सांसदले सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेको आवश्यकताअनुसार हुन नसकेको बताएका थिए।

चौथो पटक नीति तथा कार्यक्रम ल्याँउदा पनि सरकारकामा अपरिपक्कता देखिएको प्रदेशसभा सदस्यहरुले बताएका थिए। सरकारले कोरोना नियन्त्रण, यसबाट प्रभावितको जीवनस्तर सुधार, वैकल्पिक शिक्षाको योजना र कृषि क्षेत्रलाई आवश्यकता अनुसार समेट्न नसकेको उनीहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.