नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटे

पोख, २८ जेठ : गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।

पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई २/२ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीले आवश्यक सोधपुछपछि उनलाई कारबाहीका लागि शुक्रबार करिब साढे १२ बजे जिल्ला प्रशासन कार्यालय पठाएको थियो । आवश्यक सोधपुछपछि दुई हजार जरिवाना तिराएर लामालाई छाडेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

सहायक सिडिओ कृष्णचन्द्र पौडेले भने, ‘उहाँसहित तीन जनालाई दुई-दुई हजार जरिवाना शुल्क तिर्न लगाएर छाडेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.