बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं, २७ जेठ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको छ । आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजना लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने सरकारको लक्ष्य छ ।

आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता कार्यक्रम र युवाहरुलाई उद्यमशीलतामा जोड्न स्वरोजगारमूलक उत्पादनमा आधारित अनुदानका कार्यक्रम पनि तर्जुमा गरिने जनाइएको छ ।

‘किसानका गरा, सधैँ हराभरा’ कार्यक्रम सञ्चालन गर्ने, छोटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने र पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको कार्य सञ्चालन गरिने जनाइएको छ । प्रदेश चक्रपथको बाँकी रहेका निर्माण कार्य संचालन गरिने तथा काठमाडौं उपत्यका काँठ चक्रपथ अन्तर्गत तीनै जिल्लाका सडकलाई स्तरोन्नति गर्ने योजना प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।

आगामी आर्थिक वर्षमा प्रदेश सरकारले मेघौली–हेटौंडा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन र विद्युतीय परिवहन रणनीति अवलम्बन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.